नवलपरासी । बाम एकताको नाममा साम्यबाद लाद्ने सपना काँग्रेसले पुरा हुन नदिने नेता देबेन्द्र कँडेलले बताएका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बाम गठबन्धनसंग नडराउने समेत उनले बताएका छन् ।


ADVERTISEMENT


नवलपरासी क्षेत्र नम्बर २ सरावल गाउँपालिका अन्र्तगत चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा कँडेलले बिगत देखिको काँग्रेसको बिरासत, योगदान हेरेर जनताले भोट हाल्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै कँडेलले अब विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताएका छन् ।

बाम गठबन्धनको नाममा भ्रम फैलाईए पनि जनताको बिश्वास र माहोल काँग्रेसको पक्षमा रहेको उनको भनाई छ ।