काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भारतीय सुरक्षाकर्मीले सघाउने भएका छन् । सीमावर्ती क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणका लागि प्रभावकारी ढंगले गस्ती गर्ने र सूचना आदानप्रदान गर्ने सहमति भएको हो ।


ADVERTISEMENT


नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकपछि सुपौलका जिल्ला अधिकारी (डीएम) बैजनाथ यादवले ‘क्रस बोर्डर क्राइम’ नियन्त्रणका लागि सबै निकायलाई निर्देशन दिइएको र नाकामा थप कडाइ गरिने बताए । साना हतियारको ओसारपसार बढेको नेपाली पक्षको गुनासो प्रति गम्भीर हुँदै सबै किसिमका हतियार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मतदानको दिनभन्दा ७२ घण्टाअघिदेखि नाका सिल गर्ने सहमति भएको बताए । बैठकमा नेपालका तर्फबाट सुनसरी र सप्तरी जिल्लाका प्रजिअ, जिल्ला वन कार्यालयका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागिता थियो ।


ADVERTISEMENT

# # #