काठमाडौं – न्यायका लागि नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएको आज ५ दिन पुगेको छ ।


ADVERTISEMENT


घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै धर्ना दिएको आज ५ दिन हुँदासम्म पनि सुनुवाइ नभएको पीडितले बताएका छन् ।


ADVERTISEMENT

# # #


पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।

उनीहरूले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना बसेका हुन् ।

धर्नामा बसेका उनीहरुले सरकारले जबसम्म आफ्नो माग सम्बोधन गर्दैन तबसम्म आफूहरु धर्ना बस्ने बताए। काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत माग सुनुवाइ नहुनु दुखद भएको उनीहरुको गुनासो छ । स्थानीय प्रशासन र प्रदेश सरकारबाट न्याय नपाएको भन्दै १ गते बाँकेको सिडिओ कार्यालयबाट हिँडेका १५ जनाको उक्त पीडित टोली २० दिनको पैदल यात्रा तय गरि न्याय माग्न काठमाडौँ आइपुगेको थियो ।

भोकभोकै रातदिन हिँड्यौैँ, कहीँ ढुंगामा सुत्यौँ, कतै बाटोमा सुत्यौँ, धेरै गाह्रो भएछ, न्याय माग्न आएका हौँ, हामीलाई न्याय चाहियो, हाम्रो माग पूरा होस्, हामी त्यसपछि फर्किन्छौं धर्नामा बसेका सियाराम धोबीले भने । नेपालगञ्जमा १९ दिन सिडिओ कार्यालयमा धर्ना बसेका उनीहरु काठमाडौं आएर धर्ना बसेको ५ दिन भएको छ ।

जबसम्म सुनुवाइ हुँदैन, तबसम्म धर्ना बस्ने धोबीले बताए । उनले भने, यहाँ आएपछि झन हामीलाई सरकार नै नभएको जस्तो महसुश भइरहेको छ। कि त हामीलाई सरकार तिमीहरुको होइन भनोस् कि त हामीलाई न्याय दिनुपर्यो जबसम्म न्याय पाउँदैनौ तबसम्म सरकारको ढोका ढक्ढक्याइरहन्छौ, उनले थपे, सरकारले जो पीडित छ उसलाइ नै झन् पिडा दिने काम गरिरहेको छ। दोषी खुलेआम हिडिँरहेको छ। हामीलाई पक्राउ गरेर के पाउँछ सरकाररु उनले आक्रोश पोख्दै सुनाए।

उनीहरुसंग घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै माइतीघरमा धर्नामा बसेकै अवस्थामा टोलीकी सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको छ। महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्। नागरिक दैनिकबाट ।