काठमाडौं – अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन् । (तरलता लगानीयोग्य पुँजी) बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन।


ADVERTISEMENT


यो समस्या किन त रु विज्ञका अनुसार दसैं किनमेल गर्न सर्वसाधारण र व्यवसायीले बैंकबाट पैसा निकाले। रेमिट्यान्स सोचेजति आएन। बजेट पनि समयमा कार्यान्वयनमा गएन। बैंकले पाउने जति लगानी गरिसके। ब्याजदर बढाए पनि अपेक्षाअनुसार निक्षेप संकलन भएन।


ADVERTISEMENT

# # #


मेगा बैंकका चिफ क्रेडिट अफिसर अमिर श्रेष्ठ केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो०को सीमा तोक्नुअघि नै सोभन्दा बढी भएकाले घटाउनतर्फ लागेको बताउँछन्। ‘अहिले हाम्रो तरलता टाइट छ। पहिलाकै कर्जा हो। अहिले माग धेरै आएको छ। तर, दिन सकेका छैनौं’, श्रेष्ठ भन्छन्, ‘हामी सीमासम्म झार्नमा केन्द्रित छौं।’ मेगाको कर्जा–निक्षेप अनुपात ९२.१० प्रतिशतसम्म पुगेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीति र त्यसपछिका सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाको अधिकतम सीमा ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्था गर्न निर्देशन दिएको थियो। यो भनेको बैंकले १ सय निक्षेप छ भने त्यसबाट ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्।

गत आर्थिक वर्ष ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) थियो। त्यसलाई खारेज गर्‍यो। हालको व्यवस्थाभन्दा बढी भए क्रमिक रूपमा घटाई २०७९ असारभित्र त्यसलाई सीमासम्म कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। उक्त अवधिभित्र सीमा कायम नगरे कारबाहीको भागिदार हुनुपर्नेछ।

राष्ट्र बैंकको असोज १४ गतेसम्मको तथ्यांकअनुसार आठ वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत माथि छ। समग्रमा भने औसत ८८.६९ प्रतिशत छ। नेपाल इन्भेस्टमेन्टको सबैभन्दा बढी ९५.३५, त्यसपछि नेपाल एसबीआईको ९३.०७, कुमारीको ९२.५५, लक्ष्मीको ९२.२३, बैंक अफ काठमाडौंको ९२.१३, मेगाको ९२.१०, एनएमबीको ९१.८१ र प्राइमको ९०.५६ प्रतिशत छ। नेपाल क्रेडिट एन्ड कमर्स, कृषि विकास, ग्लोबल आईएमई, हिमालयन, सिभिल, सेञ्चुरी, नबिलको ८९ प्रतिशत हाराहारी छ। यी बैंकले पनि अधिकतम सीमा भेट्न लागेकाले दबाब देखिएको छ। यसबाहेकका बैंकको ८९ प्रतिशतभन्दा कम ८१.६८ प्रतिशतसम्म छ।

नेपाल डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेल विकास बैंकहरूको तरलताको अवस्था सहज रहेको बताउँछन्। मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पोखरेल भन्छन्, ‘निक्षेप राम्रै संकलन भएको छ। मुक्तिनाथको कर्जा–निक्षेप अनुपात ८५ प्रतिशत हाराहारी छ। अझै ५ प्रतिशतको सहज छ।’

केन्द्रीय बैंकले विदेशी मुद्रामा गएको कर्जालाई पनि गणना गर्नुपर्ने व्यवस्था गरेको छ। जबकी यसअघि ८५ प्रतिशतको सीसीडी हुँदा यसलाई गणना गर्नुपर्दैनथ्यो। तर, अहिले सो गणना गर्नुपरेकै कारण १ खर्ब ५२ अर्ब रुपैयाँ कसिलो भएको बैंक विज्ञ अनतराज भट्टराई बताउँछन्। यसले पनि लगानीयोग्य पुँजीमा दबाब परे पनि अर्थतन्त्र संकटमा नपर्ने भट्टराईको भनाइ छ। अन्नपूर्णपोष्ट दैनिकबाट ।