काठमाडोँ– ७४ प्रतिशत काठमाडौँ उपत्यकावासीले कोभिड–१९ विरुद्धको पुर्ण खोप पाएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्याका अनुसार, १८ वर्षमाथिका कुल लक्षित जनसंख्यामध्ये १५ लाख ७९ हजार ८९७ ले पुर्ण खोप पाएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, पहिलो मात्राको खोप प्राप्त गर्ने उपत्याावासीको संख्या भने ८१ प्रतिशत अर्थात्, १७ लाख ४५ हजार ५७० रहेको छ । उपत्यकामा कुल २१ लाख २९ हजार ७७३ जनालाई खोप वितरण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै समग्र नेपालको सन्दर्भमा भने  कुल २ करोड १७ लाख ५६ हजार ७६३ युवा तथा वयस्कलाई खोप लगाउने लक्ष्य लिइएकोमध्ये हालसम्ममा कुल ६९ लाख ६२ हजार ७६३ जना(३२ प्रतिशत) ले पुर्ण खोप पाएको मन्त्रालयको भनाई छ ।

यसैगरि,हाल नेपालभर कोरोना विरुद्धको खोपको पहिलो मात्रा मात्रै लगाउने संख्या ८७ लाख २ हजार ७०५(४० प्रतिशत) रहेको छ ।