काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोटको मापदण्ड बनाएको छ ।


ADVERTISEMENT


गत १९ असोजमा बसेको सर्वदलीय बैठकले मन्त्री चयन गर्दा समावेशी, समानुपातिक, जातीय, समुदाय र भौगोलिक लगायतका आधारमा मन्त्री बनाउनुपर्ने मापदण्ड तोकेको हो ।


ADVERTISEMENT

# # #


त्यसका आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु तय गर्ने भएको छ ।

स्रोतका अनुसार त्यसमध्ये प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन्, भने त्यसभन्दा बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना छ ।

यस्तै, महिलामा रेणु यादव वा अमृता अग्रहरीमध्ये एक हुने भनिएको छ भने, पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ ।