काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । चाडबाड नजिकिँदै गर्दा सुनको मूल्य उकालो लाग्दै गएको देख्न सकिन्छ ।


ADVERTISEMENT


सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा पाँच सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११६० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ११७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।