काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रीहरूको शपथ हुने बताएका छन्।


ADVERTISEMENT


आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले  बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन्।


ADVERTISEMENT

# # #


टीभी पञ्चली एटके को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला।’

यस क्रममा प्रचणडले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेको बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए।