काठमाडौं – पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT


आज  बिहान गएको सो भूकम्पमा परी २०० भन्दा बढी घाईते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हुँदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन् । हार्नी सहरमा सडक भत्किएका छन, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा समस्या देखिएको छ ।

भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फँसेका थिए । भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए ।