काठमाडौं – देश विकासको लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक रहेको ठहर गर्दै निजी क्षेत्रले यसलाई तत्काल संसलबाट पास गर्न माग गरेको छ ।


ADVERTISEMENT


यसअघि एमसीसीकाबारे नेपालमा विभिन्न विरोध प्रदर्शन भइरहे पनि नेपालका  ३ ठुला संघले निजी क्षेत्रले भने यो पास भए देश विकास हुने धारणा राख्दै आाएका छन् ।


ADVERTISEMENT

# # #


बुधबार संयुक्त विज्ञप्ति जारी गरी निजी क्षेत्रले  एमसीसी तत्काल पारित गर्नुपर्ने बताएका हुन् । मिलेनियम च्यालेन्ज कर्पोरेशननेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी राष्ट्रिय हितमै भएकाले संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म पनि एमसीसी कार्यान्वयन नहुनु आश्चर्य भएको उल्लेख छ ।

यस्तै, नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

साथै कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष निजी क्षेत्रले आग्रह गरेको छ ।