एजेन्सी – पेरिस सेइन्ट जर्मेइन (पीएसजी) खेलाडी किलियन एम्बाप्पेले लियोनल मेस्सी आएकोले क्लब छाड्न नलागेको बताएका छन् । उनले आफूले यसअघि नै क्लब छाड्ने निर्णय गरिसकेको पनि उनले बताएका छन् ।


ADVERTISEMENT


साथै एम्बाप्पेले  मेस्सी  उत्कृष्ट खेलाडी भएको तर उनी आए भन्दैमा पीएएसजी छाड्ने आफ्नो योजना परिवर्तन नहुने बताए ।


ADVERTISEMENT

# # #


‘मेस्सी आए भन्दैमा पीएसजी छाड्ने मेरो योजनालाई म छाड्नेवाला छैन किनकी यो एकैछिनमा परिवर्तन हुने योजना होइन, मैले मेरो निर्णय गरिसकेको छु र अब पुरा गर्नेछु’ पीएसजी छाड्नेबारे बोल्दै एम्बाप्पेले भनेका छन् ।

एम्बाप्पेले मेस्सीको साथमा खेल्न पाउनु भाग्यको कुरा भएको बताएका छन् । ‘मेस्सीसँगको हरेक क्षणलाई उत्कृष्ट बनाउन चहान्छु, उनी फुटबललाई माया गर्छन् र उनको साथमा खेल्न पाउनु आफैंमा एउटा सम्मान हो’ एम्बाप्पेले अर्जेन्टिनी स्टार मेस्सीबारे भनेका छन् ।

पीएसजीमा मेस्सी, नेयमार र एम्बाप्पे हुँदा पनि टिमको तालमेल मिल्न सकेको छैन । पीएसजी आएदेखी मेस्सीले लिग वानमा गोलको खाता खोल्न सकेका छैनन् । मेस्सी च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा भने एम्बाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।