काठमाडौँ– नेकपा एमालेको कार्यकर्ता आज पनि संसदमा नाराबाजीका साथ प्रस्तुत भएका छन् ।


ADVERTISEMENT


हाल उनीहरु ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ नारा घन्काउँदै छन् । मंगलबार बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेरेर नाराबाजी थालेका हुन् ।


ADVERTISEMENT

# # #


एमाले कार्यकर्ताले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको हो ।

सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ ।

तसर्थ सरकारको सोहि व्यवस्थाका कारण स्रोत नखुलेको सम्पत्तिले वैधता पाउने भन्दै एमालेले विरोध जनाएको हो ।