काठमाडौं – एभरेष्ट प्रिमियिर लिग क्रिकेट (ईपीएल)मा सर्वाधिक रन जोड्ने पाँचमध्ये ‘नेपाली खेलाडी’ भने चितव टाइगर्सका भीम सार्कीमात्र समेटिएका छन् । अन्य चार भने विदेशी खेलाडी मात्र छन् ।


ADVERTISEMENT


अरु कुनै पनि नेपाली खेलाडी  सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेटिन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


भीम पनि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा समेटिएका छन् ।

भीमले अहिलेसम्म १३३ रन बनाएका छन् ।

उनको सर्वाधिक स्कोर ५३ रन नटआउट हो । भीमले ४ छक्का र १५ चौका प्रहार गरेका छन् । भीमको स्ट्राइक रेट १३३ रहेको छ ।

यसैगरी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अन्य चार विदेशी खेलाडीहरु सन्दुन वेराक्कोडी, मोहम्मद सेहजाद, उपुल थरंगा र रयान बर्ल क्रमशः  रहेका छन् ।  पाँच जनामध्ये अन्तिममा भीम अटाएका छन् ।