काठमाडौँ – प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा पकेटमार र चोरी गरेको आरोपमा २०७ जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत भदौ २५ गतेदेखि असोज १५ गतेसम्म खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले विभिन्न स्थानमा सन्चालित वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दै रङ्गे हात पक्राउ गरिएको बताए ।


ADVERTISEMENT


उनले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्  । उनका अनुसार उनीहरु २–२ जनाको दरले ६ जनासम्मको समूह बनाई सार्वजानिक बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था बनाएर चोर्ने गरेको खुलेको छ ।


ADVERTISEMENT

# # #


मोवाईल, नगद र सुनचाँदी पकेट मारेपछि पालो-पालो गरी ओर्लने देखिएको एसएसपी सिंहले जानकारी दिए । पकेटमारहरुले पकेट मार्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

यस्तो छ उनीहरुले एक अर्काबीच गर्ने सांकेतिक भाषा :
पैसा –द ,
मोवाईल – कान,
पकेटमारी पिडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी,
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द ,
गाडी – कांचा,
केटा – छापा,
केटी – भद्री
पुलिस आयो – ठूल्दाई आयो , ड्राईभर–माम, खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा