काठमाडौँ– प्रर्व प्रधानमन्त्री एवम् नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


स्वासथ्यमा समस्या देखिएपछि अस्पताल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका अध्यक्ष नेपाल सोमबार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


सचिवालयका अनुसार अस्पतालबाट डिस्चार्ज भएपनि स्वास्थ्य संवेदनशीलताका कारण उनलाई चिकित्सकले केहीदिन घरमै आराम गर्न सल्लाह दिएका छन् ।

नेपाल गत १३ असोजमा ज्वरो, वान्ता आउने, पेटको गडबडीका साथै छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।