धनुषा  – जनकपुरमा बम विस्फोट गराउने सञ्जय शाह ‘टक्ला’को सजाय उच्च अदालतले घटाइदिएको छ ।


ADVERTISEMENT


शाहले यसअघि जिल्ला अदालत धनुषाबाट १२ वर्षको कैद सजाय  पाएका थिए ।


ADVERTISEMENT

# # #


टक्ला जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा गरी ज्यान मार्ने उद्योगको  आरोपमा १२ वर्षको कैद सजाय भोगिरहेका थिए ।

उच्च अदालतले भने टक्लाको सजाय घटाएर ७ वर्ष बनाएको छ ।

न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो ।

बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ । कति समय कैद गर्ने भन्ने विषयमा अर्को सुनुवाइपछि निर्णय हुने बताइएको छ ।