काठमाडौँ– फलामे छडको मुल्य प्रतिकेजी रुपैाँको दरले घटेको छ ।


ADVERTISEMENT


नेपाल फलामे छड उत्पादक संघले एक सुचना जारी गर्दै नेपाल सरकारले गत २५ भाद्रमा ल्याएको स्पंज आइरनको भन्सार छुट तथा फलामे उत्पादनमा अन्तशूल्क नलाग्ने व्यवस्थासंगै फलामे छडको मुल्यमा प्रतिकेजी रु. चारका दरले गिरावट आएको बताएको हो ।


ADVERTISEMENT

# # #


संघले सरकारको उक्त निर्णय स्वागतयोग्य रहेको समेत जनाएको छ ।

बजेट पछिका तीन हप्तामा अन्तरास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको संघको भनाई छ ।

यस्तै, सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४ घटाई फलामे छड बिक्रि वितरण गर्न समेत संघले सम्पूर्ण उद्योगीलाई आग्रह गरेको छ ।