काठमाडौँ– नेपाल–भारतको संयुक्त तालिम ‘सुर्य किरण’को १५ औँ संस्करणको अन्त्य भएको छ ।


ADVERTISEMENT


पिठोरागढ उत्तराखण्डमा भएको सो तालिम १४ दिनको कठोर तालिमपश्चात् शनिवार समापन भएको हो ।


ADVERTISEMENT

# # #


गत सेप्टेम्बर २१ दखि शुरु भएको उक्त तालिम आतंकवादको हमला र विपत्ति उद्धारको घटनामा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा मुख्य केन्द्रित रहेको थियो । यसैगरि उक्त तालिममा सहभागि सेनालाई पेशेवर तथा सामाजिक बन्धनलाई बढावा दिने अवसरसमेत प्रदान गरिएको थियो ।

उक्त तालिम दुवै पक्षका सेनाले सत्यापन अभ्यासको दौरान आतंकवादी समूहमाथि युद्धशक्ति तथा प्रभुत्वको प्रदर्शन गर्दै संयुक्त अभ्यासको समापन गरेको थियो । समापन समारोह मा दुवै राष्ट्रको अद्धितीय पारस्पारिक स्पर्शका साथै वृहत् प्रतिभा प्रदर्शन गरिएको थियो भने, वरिष्ठ अधिकारीहरुले उक्त प्रदर्शनको सन्तुष्टि जनाउँदै प्रशंसा समेत गरेका थिए ।

उक्त तालिमको क्रममा स्थापित दुई पारस्पारिक सम्बन्ध तथा सद्धभावले भविष्यमा दुवै राष्ट्रको सशस्त्र बलबीच मजबुत बनाउने विश्वास दुवै पक्षले लिएको छ ।