भनिन्छ, मुस्कान विश्वव्यापी भाषा हो । यसले दिने परिभाषा प्रत्येक भाषाभाषी र वर्गबीच समान हुने गर्दछ । यसमा यस्तो शक्ति हुन्छ, जसले जस्तोसुकै तनावमाथि पनि पानी छम्किने काम गर्छ । त्यसैले कोहि अपरिचित व्यक्ति नै किन नहोस् यदि उनीहरु हामीलाई हेरेर मुस्कुराउँछ भने हामी स्वतः खुशी भई बदलामा मुस्कान नै फर्काउँछौ । जसको हामीलाई भेउ समेत हुदैँन ।


ADVERTISEMENT


यद्यपि मुस्कुराउनुको पनि आफ्नै शैली हुन्छन् । कहिले हामी वास्तवमै खुशि भएर मुस्कुराउँछौ त कहिले देखावटीको लागि । तर, खुशि भएर मुस्कुराइने मुस्कानले शरीरमा सकरात्मक सोच एवम् शक्ति प्रवाह गर्ने विज्ञानले समेत पुष्टि गरिसकेको छ । यति मात्रै नभई मुस्कुराउनाले व्यक्तिका वरपर रहेका अन्य व्यक्तिमा समेत सकरात्मक ऊर्जा प्रदान गर्दछ ।


ADVERTISEMENT

# # #


तसर्थ मुस्कानले व्यक्तिको व्यक्तिगत मुड, स्वास्थ्य र ऊर्जा मात्र नभई राम्रो सामाजिक सम्बन्ध स्थापितमा पनि उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । यसरी जीवनमा हाँसो र खुशिको मुख्य केन्द्रबिन्दु रहेको मुस्कानको विशेषता यति मात्रै नभई अझै अनगिन्ती रहेका छन् । तसर्थ आज मुस्कान दिवसको सन्दर्भको अवसरमा हामीले मुस्कुराउनुका केहि फाइदाहरुलाई प्रस्तुत गर्ने जमर्काे गरेका छौ । जुन निम्न रहेका छन्ः

मुस्कुराउनुका फाइदाहरु

१. दिर्घ र स्वस्थ जीवन
२.तनावबाट राहत
३. उचित मुड प्रदान गर्नु
४. एकबाट अर्काे व्यक्तिमा सर्ने मुस्कान संक्रामक पनि हो
५. प्रतिरक्षा प्रणाली बुस्ट गर्नमा मद्दत
६. रक्तचापको उच्च मात्रालाई कम गर्नु
७. शरीरको दुखाई र पिडा कम गराउनु
९. आकर्षक व्यक्तित्व स्थापितमा सघाउ
१०. सकारत्मक रहिरहन मद्दत गर्नु
११. र, प्रगतिशिल बाटोतर्फ डाहोर्‍याउनु ।