काठमाण्डौं-निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनाएको छ ।
दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्र रहेकाले करिब २ करोड ६८ लाख हाराहारीमा मतपत्र छापिने ढकालको भनाई छ ।
पहिलो चरणमा निर्वाचन हुने हिमाली र पहडी जिल्लामा आबश्यक सामाग्रीको ढुवानी भईरहेको भन्दै ती जिल्लाहरुमा निर्वाचन सामग्री ढुवानीमा कुनै समस्या नरहेको बताए ।


ADVERTISEMENT