न्यूयोर्क – परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रिय सहमति गरेर एमसीसी पारित गरिनुपर्ने औंल्याएका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री खड्काले न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।


ADVERTISEMENT


साथै उनले दलीय सहमतिको आधारमा एमसीसी पारित हुनपर्ने पनि जिकीर गरेका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’


ADVERTISEMENT

# # #


एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए ।

एमसीसीलाई धेरै गिजोल्नतिर लाग्न नहुने बताउँदै उनले यो एक दलले मात्र गरेर नहुने बताए । “सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन । यसमा राष्ट्रिय सहमति अवश्यक छ,” उनले भने ।