काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्री बन्ने भाग्यशालीको टुंगो लगाएको छ ।


ADVERTISEMENT


सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ ।

यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना पनि मन्त्री हुने भाग्यशाली हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् ।  पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उनको दाबी छ ।