काठमाडौँ– जबरजस्ती करणीमा अभियोगमा काठमाडौँबाट एक दम्पती नै समातिएका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा मोरङ बिराटनगर उपमहानगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर कात्यायनी बस्ने ३९ वर्षीय निरज शर्मा र उनकी ३८ वर्षीय श्रीमती नितु शर्मा रहेका छन् । प्रहरीले उनीहरुलाई ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


निरजले उनको श्रीमतीको सहयोगमा आफ्नै कोठामा बन्धक बनाई जबरजस्ती करणी समेत गरेको पिडित पक्षले दिएको जाहेरीको  आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।