काठमाडौं – नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई मेहनती र उत्पादनमुखी बन्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले खेती, किसानी, उद्योगी र सहकारीमा लागेर उत्पादनमुखी बन्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले पाँचदलीय गठबन्धन  जिल्लादेखि प्रदेशसम्म निर्माण हुने पनि बताएका छन्।

नेपालले छिट्टैनै केन्द्रमा पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए।

नेपालले भने ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौं। ’

उनले भने, ‘समाज सेवामा अब्बल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजी गरिरहेका छौं। घमण्ड नगर्नुहोला।”

उनले थपे, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ।  तपाईंहरु उद्यमशिल बन्नुहोस।’ उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए।

नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’

उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिँदै भने, ‘ पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिन्छ ।”

नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस्। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’