काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफूलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शनिबार नेपाली कांग्रेस काठमाडौं १७ नंवर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफूले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफू पार्टी सभापतिको योग्य उम्मेद्वार भएको समेत बताए ।


ADVERTISEMENT

# # #


पार्टीका लागि केहि नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौंका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनको भनाइ छ ।

नेता सिंहले पार्टी सभापतिका लागि आफू सक्षम रहेको तर्क गरे । राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै देश र पार्टीलाई अघि बढाउनका लागि सक्षम नेताको खाँचो रहेको उनले बताए।

त्यस्तै उहाले कर छुट लगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने उल्लेख गरे ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने पनि बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।