काठमाडौँ – कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरु ग्उयिबम गरी “प्क् म्ष्नष्” ध्बििभत खोल्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT


बिहीबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । बैँकका अनुसार यस डिजिटल वालेट खोल्न एपमा अनुहार पहिचान गर्न सक्ने गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएको छ । साथै, खाता खोल्न, ऋणका लागि निवेदन दिन, ‘इन्टर अपेरवल क्यूआर’, ‘एमक्यास ‘लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।