काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले यही शनिबारदेखि काठमाडौँमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।


ADVERTISEMENT


ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने बताएको उनी आवद्ध टिम ललितपुर प्याट्रियट्सले जनाएको छ । ज्ञानेन्द्र साबिक विजेता ललितपुरका कप्तान थिए ।


ADVERTISEMENT

# # #


प्रतियोगिता आउन केही दिनमात्रै बाँकी रहँदा प्रतियोगिता नै नखेल्ने निर्णयले टिममा नराम्रो प्रभाव पर्ने भन्दै ललितपुरले असन्तुष्टी जनाएको छ ।