काठमाडौं – आज दिउँसो  प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गर्ने सम्‍भावित कार्यसूची रहेको छ ।


ADVERTISEMENT


आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूची रहेको छ।


ADVERTISEMENT

# # #


स‍ंघीय संसदका महासचिव डा भरतराज गौतमले बताए अनुसार सो बैठकमा  राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि पाइएका संशोधनलाई निर्णयार्थ प्रस्तुत पनि गरिनेछ ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसअघि निरन्‍तर बैठक अवरोध गर्दै आएको छ ।