काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार बिहीबार हुन बताएका छन् । बुधबार पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार मन्त्रीपरिषद्ले पूर्णता पाउने जानकारी गराएका हुन् ।


ADVERTISEMENT


पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भए पनि अब त्यो काम सकिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता महराले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याइने बताए । त्यसबारे थप निर्णय गर्न आजै सत्तारुढ पाँच दलको बैठक बस्ने उनले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । यद्दपी माधव कुमार नेपालसहितका १४ जना सांसदलाई गरिएको कारबाही सभामुख अग्नि सापकोटाले सदर नगरेको भन्दै नेकपा एमालेले निरन्तरर बैठक अवरुद्ध गर्दै आएको छ ।