काठमाडौं – सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले सत्र लाख रुपैयाँ बराबरको फस्ट–एड (प्राथमिक उपचार ब्याग) ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष महर्जनले महाशाखा प्रमुख एसएसपी जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका प्राथमिक उपचार ब्याग १ हजार ६ सय ५० थान रहेका छन् ।


ADVERTISEMENT

# # #


प्राथमिक उपचार ब्यागमा अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीलाई चाहिने प्राथमिक उपचारका लागि स्वाथ्य सामाग्रीदेखि लिएर डायरी, कलम, स्यानीटाइजरलगायतका सामाग्रीहरु राखिएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले विगतमा ललितपुरको सातदोबाटोस्थित जिल्ला ट्राफिक प्रहरी र महानगरीय प्रहरी बृत्त, सातदोबाटोको भवन निर्माणको अध्यक्षको भूमिका निर्वाह गरी निर्माण सम्पन्न गरी ट्राफिक र नेपाल प्रहरीलाई हस्तान्तरण गरिसकेको स्मरण गराएका थिए।

धुवाँ धुलो, घाम पानीको परवाह नगरी सडकमा बसी सर्वसधारणको सेवा गर्दै आइरहेका ट्राफिक प्रहरीलाई आवश्यक परेको खण्डमा कुनै पनि समय यस्तै सहयोग गर्दै आइरहने प्रतिबद्धता जनाएका थिए । यतिमात्र नभई अध्यक्ष महर्जनले सुमेरु ग्रुपद्वारा संचालित सुमेरु सिटी अस्पताल, पुल्चोक, सुमेरु अस्पताल धापाखेलमा ट्राफिक प्रहरीलाई कुनै पनि स्वास्थ्य समस्या परेको खण्डमा विशेष छुटसहित उपचार गरिदिनेसमेत जानकारी गराए ।

त्यसैगरी, कार्यक्रमलाई संचालन गर्दै सुमेरु ग्रुपका प्रबन्ध निर्देशक हेमराज दाहालले जनताको सेवाका लागि प्रत्यक्षरुपमा सडकमा खटिएका ट्राफिक प्रहरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सानो सहयोगको रुपमा स्वीकार्न ट्राफिक प्रहरीहरुलाई आग्रह गरे । उनले ट्राफिक प्रहरीलाई यस्ता अन्य सहयोगको आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि सहयोग गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

ललितपुर ट्राफिक प्रमुख भएर आएका इन्स्पेक्टर राजेश सिलवालले गरेको योगदानको कदर गरेका थिए भने फस्ट—एड ब्यागलगायत स्वास्थ्य सामाग्री वितरण कार्यक्रमको समन्यवको भूमिका निर्वाह गरेका इन्स्पेक्टर नरेश बहादुर शाहीको उच्च मूल्यांकन गर्दै सुमेरु ग्रुपको नाफाको केही प्रतिशत छुट्याई यस्ता सहयोगहरु निरन्तररुपमा गर्दै जाने बताएका थिए ।