काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित १ जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


दोलखा कालिञ्चोक तेज बहादुर खड्कालाई मोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उनलाई महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


विशेष सुराकीको आधारमा खड्कालाई पक्राउ गरी उनले लुकाई पार्किङ्ग गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर गत असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अवस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए ।

थप अनुसन्धान गर्दै जाँदा खड्काले चोरी गरी वास्तस्तविक नम्बर परिवर्तन गरी प्रदेश३–०२–०१०प ७४४ नम्वर प्लेट भएको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत फेलापारेको महाशाखाले जनाएको छ । वास्तविक नं. बागमती प्रदेश०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल भाद्र ३० गते काठमाडौँको काँडाघारी स्थित पार्किङबाट हराएको खुल्न आएको छ । उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम विशाल तामाङको रहेको पत्ता लागेको छ ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।