दाङ– जिल्लामा ‘हनिट्रयाप’ मा पारेर रकम असुल गर्न खोज्ने तीन महिला प्रकाउ परेका छन् ।


ADVERTISEMENT


तप्रकाउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षाीया सुस्मा परियार जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले आइतबार एक पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । साथै उनीहरुमध्ये सीतादेवी थापा बस्दै आएको कोठामा खानतलासी गर्दा १७ लाखको चेकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।

उनीहरूले जबर्जस्ती करणीको आरोप लगाएर मुद्दा हाल्ने धम्की दिएर एक पुरुषबाट १८ लाख रुपैयाँ असुल गरेको आरोपमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

रकम असुलमा पनि बार्गेनिङ !

प्रहरीका अनुसार, ती तीन महिला मिलेर पिडित(एक पुरुष)लाई आफै भेट्न बोलाएका थिए । त्यसपछि उनीहरुले उक्त पुरुषसंग ५० लाख माग गर्दै उक्त रकम नदिएमा जबरजस्ती करणीको मसघा दायर गर्ने धम्की दिएका थिए । सर्वप्रथम ५० लाखको बार्गेनिङ गरेका उनीहरुले उक्त रकम नदिए प्रहरीमा जबर्जस्ती करणीको मुद्दा हाल्ने भनी डर धम्की देखाएको प्रहरीले बताएको छ। तर, ती पुरुषले ५० लाख रकम माग गरेपछि आफूसँग त्यतिधेरै रकम नभएको जनाएपछि पनि ती महिलाहरूले धम्की दिँदै ‘तँलाई मुद्दा नहाली छौड्दैनौँ’ भनी धम्की दिई उनको साथमा रहेको नगद रु. १ लाख र १७ लाखको सिभिल बैकंको चेक लिई जबरजस्ती दस्तखत गराई लिएका थिए ।

उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एकस्टर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुरमा मुद्दा दर्ता भएको छ। यदि कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डर त्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस्तो छ, घटनाको विवरण

गत असार ६ गते सर्वप्रथम सीतादेवी थापा र खुमा वलीले परिवर्तित नामथर भद्रबहादुर जैसीलाई फोन गरेर आफ्नो घरायसी मुद्दा रहेकाले मिलाउन भनी बोलाएका थिए । घोराही १५ स्थित कोहिनुर रेस्टुरेन्टमा बोलाएपछि ती महिलाहरूले बियर, मासु खाँदै मुद्दाका बारेमा कुराकानी गरेका थिए । कुराकानी पछि ती पुरुष रात परिसकेकाले घर जाने तयारीमा थिए । त्यही क्रममा सीतादेवी थापा खाटमा पल्टिइन् । ती पुरुषले काउन्टरमा रेस्टुरेन्टको बिल तिरेका थिए ।

उनले होटेलको बिल तिरिसक्दा पनि ती महिलाहरू बाहिर ननिस्किएपछि उनीहरूलाई बोलाउन भित्र गएका थिए । त्यही क्रममा थापाले गालीगलौज गर्नुका साथै आफ्नो इज्जतमा हात हालेको भन्दै करणीको मुद्दा लगाउने धम्की दिएकी थिइन् । सामान्य वादविवाद पछि सबैजना आ–आफ्नो घर गएका थिए ।

त्यसपछि असार ७ गते खुमा वलीले ती पुरुषलाई फोन गरी ‘दाइ सीतादेवी थापाका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दै छन्, के गर्ने तपाईंले मिलाउनुपर्छ, हामी मिलाउँछौँ, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौँ, केही पैसा तपाईंले दिनुपर्छ । आउनु हामी सबैजना बसी छलफल गरौँ’ भनेकी थिइन्। त्यसपछि एउटा रेस्टुरेन्टमा बसेर सीतादेवी थापा, खुमा वली र निजहरूकै साथमा रहेकी सुस्मा परियारसँग भेट भई छलफल भएको थियो । त्यसैक्रममा उनीहरु बीच रकमको बार्गेनिङ भएको प्रहरीले जनाएको छ ।