काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नु पर्ने, जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनु पर्नेमा नेताहरु उनीहरुका आफन्तहरु सम्मानित भएको भन्दै ओली आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानमा संविधान दिवसका अवसरमा नेकपा एमालेद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबैका लागि लज्जाजनक विषय रहेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भोका जुकाहरु शासनमा भएको नै यस्तो अवस्था आएको टिप्पणी गरे । ‘जनताले सम्मानित भएको अनुभूति गर्नुपर्ने, गर्व गर्नुपर्ने, तर बालाई सम्मान, श्रीमतीलाई सम्मान, एउटाको छोरो सम्मानित, अर्कोको छोरी सम्मानित । कस्ता भोका जुकाहरु शासनमा पुगेका छन्, लाज लाग्छ संविधान दिवसका दिन बोल्दा ।’

बाहिर निक्लएर भाषण गर्दा केही चाहिएको छैन भन्नेहरु मौका पाउनासाथ श्रीमती, बुवा र छोराछोरीलाई पदक दिलाउन समेत लाज नमानेको बताए ।

उनले भने, ‘संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा सहिदका सन्तानले गर्व गर्न पाउनु पर्ने, सहिदका आमाबाबुले गर्व गर्न पाउनु पर्ने, घाइतेहरुले सम्मानित हुन पाउनु पर्ने, आज त, बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा, कस्तो भोक ?’

मानपदवीहरु पाउनेहरु देखेर मानपदवीसमेत लजाइरहेको ओलीले टिप्पणी गरे । उनले भने, ‘कस्ताकस्ताका घाँटीमा झुण्डिने भइयो । बोल्न सक्ने भए उफ्रिन्थे ती । लज्जाजनक छ स्थिति ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका दिवंगत बुवा मंगल कुमार उपाध्याय आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमति सीता दााहालले प्रवल जनसेवाश्री पदक पाएका थिए ।

उनले झगडिया, मुद्दा हाल्ने र तथनाम बहस गर्नेहरु, जे पायो त्यही बोल्नेहरु सम्मानित भएको बताउँदै उनले भने, ‘दुईचार जना छुटेको जस्तो लाग्यो, नाम भन्दिनँ । तिनलाई किन छोडेको होला । किन राष्ट्रपतिबाट दिनुपर्यो मानपदवी, बनेकै ठाउँबाट आफै-आफै लैजाऊ न ।’

उनले आफ्नालाई छानीछानी दिनुभन्दा सडकमा छर्किदिएर भ्याउनेले टिपेर लैजाऊ भनेको भए राम्रो हुने भन्दै व्यंग्य गरे ।