पर्सा– कक्षा १२ को परीक्षा दिन गएका एक नक्कली परीक्षार्थी समातिएका छन् ।


ADVERTISEMENT


प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, पर्सागढी नगरपालिका- ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा २० वर्षीय रामचन्द्र दास रहेका छन् । उनी सन्दीप दासको ठाउँमा परीक्षा दिन परीक्षाकेन्द्र पुगेका थिए । तर, परीक्षा केन्द्रमा अन्य विद्यार्थीले उनलाई नचिनेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका रामचन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउँदै गरेको र त्यसपछि अन्य आवश्यक सोधपुछ गरिने पाण्डेले बताए । यसअघि कोभिड–१९ का स्थगन हुदैँ आएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू भएको छ।