युरोपेली संघले न्युन आय भएका गरिब मुलुकहरुलाई कोरोना भाइरस विरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिबद्धता गरिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,’ युरोपेली संसदको वार्षिक बैठकमा उनले भने । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जनाएकी छन् ।

लेयनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान गरेकी छन् । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिइन् ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाई छ ।