काठमाडौँ– नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।


ADVERTISEMENT


आउने शनिवार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ(गाइने अंकोलोजिष्ट)ं डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् ।


ADVERTISEMENT

# # #


डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकमार्फतफ्री ओपिडी सेवा प्रदान गर्दै आएको छ ।

इच्छुक व्यक्तिले निःशुल्क ओपिडी सेवा लिनका लागि अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ ।