काठमाडौं – आज पनि मध्यमखाले वर्षाको सम्भावना रहेको छ ।
माैसम विभागले दिएकाे जानकारी अनुसार ठूलाे पानी नपर्ने सम्भावना रहेको हो ।
देशका धेरै ठाउँमा गएराति नै पानी परेको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार भारतको उत्तर प्रदेशमा बनेको निम्न चापीय प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।
धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि आज ठूलो पानी भने नपर्ने उहाँले जानकारी दिइन् ।
आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया बद्ली रहने मौसमविद् बासीले बताइन् ।
उनका अनुसार दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने सम्भावना छ ।