काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आशिफ शेखले एकदिवसीय खेलमा व्यक्तिगत पहिलो अर्धशतक प्रहार गरेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानविरुद्ध आशिफले बुधबार ६४ बलमा अर्धशतक प्रहार गरेका हुन् ।


ADVERTISEMENT


ओमानको ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाललेले टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ओमानविरुद्ध ४ विकेट गुमाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल शून्य रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१, रोहित पौडेल २० र विनोद भण्डारी ६ रनमा आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १२१ रन बनाएर खेलिरहेको छ । नेपालका लागि आशिफ शेख ६६ र सोमपाल कामी ५ रन बनाएर खेलिरहेका छन् ।