काठमाडौँ– एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टले नेकपा (एकिकृत समाजवादी) रोजेपनि कुनै कारवाही नहुने भएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने अन्तरिम आदेश सुनाएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचन आायोगले आफूहरुलाई समाजवादीको सांसद कायम गर्न नमानेको भन्दै सांसद पाण्डे र भट्टले त्यसविरुद्ध मुद्दा हालेका थिए । पाण्डे र भट्ट दुवैले एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेको थिएन ।

यद्यपि उनीहरुको पक्षमा फैसला सुनाउँदै एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।

यससंगै उनीहरू दुवैले आफूमाथि एमालेले दल त्यागको कारवाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न समेत मागको समेत सुनुवाई गर्दै अदालतले दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्न/नगराउनु भनि अन्तिम आदेश जारी गरेको छ ।