काठमाडौँ– गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले अहिलेसम्म सम्पत्ति विवरण नबुझाउनुको कारणबारे नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेशसभामा स्पष्टिकरण मागेका छन् ।


ADVERTISEMENT


सांसद थापाले भ्रष्टाचार नियन्त्रण ऐन २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम सम्पत्ति वितरण राजकीय पदमा जाने जो कोहीले पनि ६० दिनभित्र बुझाउनुपर्ने र यो नियम प्रदेश सरकार आफैंले बनाएको आचारसंहितामा उल्लेख रहेको स्मरण गराउँदै हालसम्म पनि खेलकुद मन्त्री दीपक मनाङेले भने सम्पति विवरण नगर्नुका कारण के हो? भन्दै त्यसको जवाफ मागेका हुन् ।


ADVERTISEMENT

# # #


मनाङे प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले विस्तार गरेको मन्त्रिपरिषद्मा गत वैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । तर, नियुक्तिको झण्डै चार महिना बितिसक्दा पनि उनले सम्पत्ति विवरण नबुझाएको भन्दै सांसद् थापाले त्यसको जवाफ मागेका हुन् ।

सम्पत्ति विवरणबारे मनाङेले आफै कन्फ्युज भएको प्रतिक्रिया दिएका थिए । ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआउँदा सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको सुनाउँदै भनेका थिए, ‘‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भनेका थिए, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो, मेरो नाममा केही छैन । जे छ ५६ साल अगाडिको कुरो हो ।’

मनाङेमाथि यसअघि २०७० सालमा पनि अवैध सम्पत्ति राखेको आरोप लागेको थियो । तर, उनले वि.सं २०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका थिए । त्यसको विषयमा बोल्दै उनले आफूमाथि प्रहरीले रिसीबीका कारण पहिलो पटक ‘मनी लाउन्ड्री’ मुद्दा लगाएको आरोप लगाएका थिए ।