काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।


ADVERTISEMENT

# # #


विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत थिए । उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्य सचिवसमेत थिए । उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो ।

यस्तै, संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्ने जनाइएको छ । रासस