काठमाडौँ– गायक हिमाल सागरको ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


अमेरिकाको म्युजिकल टुरको समयमा त्यही सुटिङ गरिएको सोमबार साँझ पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


गायक हिमाल सागरले नै संगीतवद्ध गरेको सो गीतको शब्द श्याम पराजुलीले भरेका हुन् । यस्तै, सञ्जय हमालले संगीत संयोजन गरेको रोमान्टिक भर्सनको उक्त गीतको भिडियोमा कलाकार पूर्ण लम्साल र लक्ष्मी ओली बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत देख्न सकिन्छ ।

अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन गरिएको सो भिडियाले अमेरिकामा पनि नेपाली टिमले स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने उदाहारण प्रस्तुत गरेको निर्माण टिमको भनाइ छ।

प्रविन मानन्धरले सम्पादन गरेको सो भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका छन् । यमुना लम्साल प्रस्तुतकर्ता रहेको भिडियोको निर्मात्री भने बिष्णु मैनाली लम्साल हुन् ।

भिडियो हेर्नुहोस् :