काठमाडौँ– यातायात व्यवस्था विभागले नजिकिदैँ गरेको महान् पर्व दशैंको निम्ति अग्रिम टिकट बुकिङ असोजको दोस्रो सातादेख खुलाउने प्रस्ताव राखेको छ ।


ADVERTISEMENT


यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले दशैँमा उपत्यका छोड्नेहरुका लागि असोज ८/९ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


दशैंमा उपत्यका छाड्ने यात्रुलाई लक्षित गर्दै अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको जनाउँदै विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालयमा पनि यसबारे छलफल भएको छ । दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्‍याउन फेरि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउँछौं ।’

उनका अनुसार, कोरोना लहरअघि दशैँमा झण्डै २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । तर, कोरोनाको लहर र लकडाउनसंगै गतवर्ष सो संख्या घटेर आधा पुगेको उनले सुनाए । यद्यपि हाल संक्रमणदर घटेसंगै गतवर्षको तुलनामा धेरै यात्रुहरु गाउँघर फर्कने उनको अनुमान छ । गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।

यस्तै, दशैंमा सार्वजनिक सवारीमा यात्रुको चापको मौकामा अनियमित भाडादर कायम गर्ने सवारी चालकको ज्यादती हटाउनका निम्ति पनि अग्रिम टिकट बुकिङ खोल्ने गरिन्छ । यद्यपि हुयसपटक वैज्ञानिक भाडादर समायोजन भएकाले बुकिङका लागि व्यवसायीले कुनै शर्त सरकारले अपेक्षा राखेको छ ।

यद्यपि सरकारको यस निर्णयमा व्यवसायीले भने असहमति प्रकट गरेका छन् । उपत्यका छोड्ने यात्रुको संख्या हेरेर मात्रै बुकिङ खोल्नुपर्ने उनीहरुको राय छ ।