काठमाडौँ– नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण पटक–पटक स्थगन हुँदै आएको महाधिवेशनका लािग यसपटक भने मिति तोकिएको हो ।


ADVERTISEMENT

# # #


सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । रासस