काठमाडौँ– प्रेमिकासंगको विवादपछि सामाजिक सञ्जालमा अश्लिल फोटोहरु सार्वजनिक गर्ने प्रेमी पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा दोलख बैतेश्वर गाउँपालिकाका–८ घर भई हाल काठमाडौँको टोखा, धनेश्वरस्थित बस्दै आएका २३ वर्षीय सुजन जिरेल रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, प्रेमिकासंगको विवादपछि जिरेलले प्रेमिकाको मोबाइल खोसी उनीसंग प्रेमसम्बन्धमा रहेको समयमा खिचिएको व्यक्तिगत/अश्लिल भिडियो तथा फोटोहरु फेसबुक एवम् इन्स्ट्राग्राममा पोष्ट गरेका थिए ।

उनलाई आइतबार प्रहरीले काभ्रे पाँचखालस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हाल जिरेललाई विद्युतीय कारोवार ऐन कसूरमा सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा ल्याइएको छ ।