खार्ताेम – यमनमा साउदी अरबी सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी बिद्रोहीको ज्यान गएको छ । यमनको मारिब प्रान्तमा ती बिद्रोही मारिएका हुन् । ती बिद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए ।


ADVERTISEMENT


सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


शनिबार साँझ सो कारबाही भएको थियो । त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर पनि केही हुथी बिद्रोही मारिएको आशंका गरिएको छ ।

तर, सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ । रासस