काठमाडौं – जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४१ वर्षीय बल्ला भन्ने रजावुल मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


मिया अदालतले सजाय सुनाएपछि फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


मियाले दुवै मुद्दामा गरी उच्च अदालत विराटनगरबाट साँढे चौध वर्षको सजाय पाएका थिए । साथै उनलाई ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर गरिएको थियो । सो फैसला उनलाई २०६८ असार ३० गते उच्च अदालत विराटनगरले सुनाएको थियो ।

फरार मिया दश वर्षपछि समातिएका हुन् ।

६४ साल भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । साथै सुन लगायतका बहुमुल्य गहना समेत लुटेर फरार रहेका मिया अदालतले सजाय तोकेपछि फरार भएको प्रहरी स्रोत बताउँछ ।

उनलाई हाल फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको प्रहरीले बताएको छ ।