काठमाडौँ – डिशहोमको एक्सनस्पोर्टस् टिभीले आईसीसी ओडीआई लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलू टोली र अमेरिकाविरुद्ध खेल्ने एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।


ADVERTISEMENT


उक्त सिरिजको प्रत्यक्ष्य प्रशरण गर्ने गरी आइतबार एक नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा डिश मिडियाका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका तर्फबाट कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार सेप्टेम्बर १३ (भोलिदेखि) सेप्टेम्बर २० सम्म ओमानमा नेपालले खेल्ने एकदिवसीय सिरिजको प्र्रत्यक्ष प्रशारण डिशहोमले आफ्नो टिभी च्यानल एक्सन स्पोर्टस् एचडी र डिश होम गो एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

नेपालले पहिलो खेल भोलि नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ । यसअघि ओमानमै नेपाल र पपुवा न्यूगिनीविरुद्धको खेल पनि डिशहोमले प्रत्यक्ष प्रशारण गरेको थियो ।