काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध टस जिटेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा पीएनजीसँगको दुई खेलको एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । पीएनजीले दिएको १३५ रनको सामान्य चुनौति नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

सुरुवात राम्रो रहे पनि मिडिल अर्डर ध्वस्त हुँदा नेपालले कठिन जित निकालेको थियो ।

नेपालले ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध आउँदो आइतबार ९सेप्टेम्बर १३० देखि २० सेप्टेम्बरसम्म खेल्दैछ । नेपालका लागि पीएनजीसँगको एकदिवसीय खेल त्यसको तयारीका रुपमा रहेको छ ।