बीबीसी – अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले आफूले देश छाडेर भाग्नुको कारण बताएका छन् ।


ADVERTISEMENT


उनले एक विज्ञप्ति जारी गर्दै यसको बारेमा बताएका हुन् । देशको राजधानी काबुलमा तालिबान लडाकु प्रवेश गरेपछि आफूले देश छाड्नुको रहस्यबारे गनीले प्रष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


गनीले ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहनाको कारण देश छाडेको बताएका हुन् । गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको पनि बताएका छन् ।

त्यसैगरी उनले अफगान राज्यकोबाट लाखौं अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको पनि कडारुपमा खण्डन गरेका छन् । उनले तालिबान वा तालिबानी सरकारबारे भने कुनै टिप्पणी गरेका छैनन्।